arrow

मेडिसिटी अस्पतालले ‘हात उठायो’: अक्सिजन अभावले संक्रमितको उपचार गर्न असमर्थ छौं

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
medi

काठमाडौं । सुविधा सम्पन्न र अत्याधुनिक प्रविधियुक्त अस्पतालको रुपमा प्रचार गरिरहेको ललितपुरको नेपाल मेडिसिटी अस्पतालले कोरोना संक्रमितका नयाँ विरामी भर्ना गर्न नसक्ने र उपचाररतलाई पनि अक्सिजन उपलब्ध गराउन नसकिने जनाएको छ ।

मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै अहिलेको विषम परिस्थितिका कारण अक्सिजन अभाव लगायतका कारणहरु देखाउँदै अस्पतालले कोभिड–१९ का जटिल अवस्थाका विरामी भर्ना गर्न असमर्थ रहेको जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभाव लगायत अन्य समस्याका कारण कोभिड–१९ का जटिल अवस्थाका विरामीको नयाँ भर्ना लिन अस्पताल असमर्थ रहेको र हाल उपचाररत विरामीहरुलाई समेत अक्सिजन अभावमा यस अस्पतालमा उपचार गर्न नसकिने निर्माण हुनसक्ने व्यहोरा सम्बन्धित निकायलाई प्रश्तुत गर्दछौं ।’

विज्ञप्तिमा उल्लेख भएअनुसार हाल उक्त अस्पतालमा एक सय जनाभन्दा बढी ननकोभिड र १ सय २० जना कोभिडका विरामीको उपचार भइरहेको र ४० जनाभन्दा बढी भेन्टिलेटरसहितको संघन उपचारमा कक्षमा रहेका छन् ।

दैनिक ४ सय ५० देखि ५ सय अक्सिजन सिलिन्डर आवश्यक पर्नेमा नेपाल सरकारबाट एकसय वटा मात्र सिलिन्डर प्राप्त हुनेभएकाले कुनै हालतमा सहज रुपमा उपचार गर्न नसकिने अस्पतालका सुपरिटेन्डेन्ट तथा प्रवक्ता डा.राज राणाले जनाएका छन् ।

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ