arrow

कोरोना महामारी: नेपालमा यस्तो छ उमेर अनुसार ज्यान गुमाउनेकाे तथ्यांक

३० बर्ष मुनिका १ सय ७१ जना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
corona-graph-nepal.jpg

काठमाडौं। स्वस्थ्य मन्त्रालयको तथ्यांक अनुसार मंगलबारसम्म नेपालमा हालसम्म कोभिड-१९ को संक्रमणबाट ४ हजार ८४ जनाले ज्यान गुमाएका छन् । यसमध्ये ३० बर्ष मुनिका १ सय ७१ जना रहेका छन् ।

मन्त्रालयको उमेर अनुसार मृत्यु हुनेका तथ्यांक हेर्दा ९ बर्ष मुनिका २७ बालबालिकाको मृत्यु भएको छ । त्यस्तै १० बर्षदेखि १९ बर्ष मुनिका २६ जनाको मृत्यु भएको छ ।

त्यस्तै २० बर्षदेखि २९ बर्ष मुनिका १ सय १८ जनाको मृत्यु भएको छ । ३० बर्षदेखि ३९ बर्षमुनिका २ सय ९७ जनाको मृत्यु भएको छ ।

४० बर्षदेखि ४९ बर्षमुनिका ५ सय १४ जनाको मृत्यु भएको छ । ५० बर्षदेखि ५९ बर्ष मुनिका ७ सय १७ जनाको मृत्यु भएको छ भने ६० बर्षमाथिका २ हजार ३ सय ८५ जनाको मृत्यु भएको छ ।



नयाँ