arrow

कांग्रेसको निर्णय : माओवादी, जसपा र माधव नेपाल समूहसँग गठबन्धन बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
deuba--nc-congress-1.jpg

काठमाडौँ । प्रतिनिधि सभामा दोस्रो ठुलो दलको भूमिकामा रहेको नेपाली कांग्रेसले सरकार गठनका लागि माओवादी, जसपा र नेकपा एमालेको माधव नेपाल तथा झलनाथ खनाल समूहसँग गठबन्धनको प्रयास गर्ने निर्णय गरेको छ । 

मङ्गलवार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले विपक्षमा रहेका सबै शक्ति बीच गठबन्धन बनाएर सरकार गठन गर्ने निर्णय गरेको हो । 

कांग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले प्रधानमन्त्रीले संसद्मा विश्वासको मत लिन असफल भएपछि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनको पहल थालेको र विपक्षमा रहेका सबै शक्तिलाई एक ठाउँ ल्याउने कोसिस भइरहेको जानकारी दिए ।

‘सबै विपक्षी एक ठाउँमा उभिएर सरकार गठन गर्ने प्रयास भइरहेको छ, कांग्रेस, माओवादी केन्द्र, जसपा र एमाले भित्रको माधव नेपाल समूहसँग गठबन्धन प्रयास गर्ने निर्णय बैठकले गरेको छ, सबैसँग छलफल हुन्छ,’ कांग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले भने ।

बैठकले राष्ट्रपतिले दिएको समयभित्र सिङ्गै जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको महतले जानकारी दिए । 
कांग्रेसले सकेसम्म सिंगो जसपालाई आफ्नो गठबन्धनमा ल्याउने र त्यो कोसिस भइरहेको जनाएको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन अन्य तरिकासमेत रहेको भनेको छ तर त्यो तरिकाबारे खुलाएको भने छैन । 

बैठकमा सभापति देउवाले सरकारका लागि भइरहेको गठबन्धन प्रयास र छलफलबारेमा ब्रिफिङ गरेका थिए । बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत छलफल गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ