arrow

प्रदेश २ सरकारले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने  

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
Corona-province-2-two.jpg

जनकपुरधाम।  प्रदेश नम्बर दुई सरकारले मङ्गलवार थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने  निर्णय गरेको छ ।  प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समितिले थप ५० हजार भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेको हो । 

मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमवार प्रदेश स्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका पालिकाका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीहरुसंग गरेको भर्चुअल छलफलको आधारमा मङ्गलवार  सम्पन्न सिसिएमसीको बैठकले थप भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरेका  भुमि व्यवस्था  कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए।
 
मन्त्री साहका अनुसार बढ्दै गएको कोरोना सङ्क्रमणलाई नियन्त्रणमा लिन परीक्षणको दायरालाई बढाउन उक्त भिटिएम र रिएजेण्ट खरिद गर्ने निर्णय गरिएका छन् ।

बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै केन्द्र सरकार सँग तत्काल चार हजार अक्सिजन सिलिन्डर माग गर्ने निर्णय समेत गरेका मन्त्री साहले बताए ।

त्यसै गरी होम आइसोलेसनमा रहेका सङ्क्रमितहरूको हेरचाहका लागि स्थानीय तहहरू सँग समन्वय गर्ने निर्णय समेत गरेका हुन् । जिल्ला जनस्वास्थ्यको समन्वयमा प्रत्येक अस्पतालमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय समेत बैठकले गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ