arrow

पोखरामा आज मात्रै ३ सय ५६ जना कोरोना संक्रमित भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
pokhara-2.jpg

पोखरा । कास्कीमा आज मंगलबार मात्रै ३५६ जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आजको अन्तिम तथ्यांक अनुसार कास्कीमा ३५६ जना संक्रमित थपिएका हुन् । 

योसहित कास्कीमा कूल संक्रमितको संख्या १३ हजार ६० जना पुगेको छ । यीमध्ये ९४ सय ८१ ज्ना निको भएर सक्रिय संक्रमितको संख्या ३४ सय २२ जना रहेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

साथै पछिल्लो २४ घण्टामा गण्डकीका ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ११ सय ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा ६२४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

ज्समा तनहुँका ३७ जना, गोरखाका २५ जना, लमजुङका तीन जना र नवलपुरका ४५ जना छन् । यसैगरी स्याङ्गजाका ८६ जना, पर्वतका ६० जना, बाग्लुङका दुई जना, म्याग्दीका आठ जनार मुस्ताङ जिल्लाका दुई जना छन् । 

योसहित गण्डकीमा कूल संक्रमितको संख्या २४ हजार ५०६ पुगेको छ । जसमा ६ हजार ३३ सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा गण्डकीबाट ११२ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १८ हजार १८५ पुगेको प्रवक्ता डा. शर्माले जानकारी दिए ।

आज मंगलबार कास्कीका ६ जनासहित गण्डकीमा थप १२ जनाको कोरोना संक्रमणबाठ मृत्यु भएको छ । योसहित गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २८८ पुगेको तथ्यांकमा उल्लेख छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ