- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक किशोर नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले अपेक्षा विपरीत काम गरिरहेको आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै उनले धेरैको चाहना यो पटक ठाकुर प्रधानमन्त्री बनुन् भन्ने रहे पनि उनले आँटै नगरेको बताए ।
उनले ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको दौराको फेर समातेर लाडिइरहेको आरोपसमेत लगाएका छन् । पत्रकार नेपालले महन्थ ठाकुरले प्रधानमन्त्री पदमा दाबी ठोकेको भए राजनीतिक परिस्थिति अर्कै हुने विश्लेषणसमेत गरेका छन् ।
उनले मधेशका जनताको चाहना ठाकुर प्रधानमन्त्री बनुन् भने पनि त्यो चाहना ठाकुरको आँट नभएका कारण असम्भव हुँदै गएको आँकलन गरेका छन् ।
यस्तो छ उनको ट्वीटर–
‘धेरैको चाहना थियो यो पटक महन्थ ठाकुर प्रधानमन्त्री बनुन् । उनले आँटै गरेनन् । प्रम ओलीको दौराको फेर समातेर लाडिइ रहे । महन्थले प्रधानमन्त्री पदमा दावी ठोकेको भए राजनीतिक परिस्थिति अर्कै हुने थियो । मधेशका जनताको चाहना पनि त्यही थियो । जनताको चाहनाको ऐसी कि तैसी !’