arrow

अत्यावश्यक सेवा बाहेकका सबै कार्य बन्द गर्न सहकारी विभागको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
sahakari-bibhag.jpeg

काठमाडौं । देशभर संचालित सहकारी संस्थाहरुलाई अति जरुरी बाहेकका सवै सेवा बन्द गर्न सहकारी विभागले निर्देशन दिएको छ ।

संघीय सहकारी विभागले बुधबार एक सूचनामार्फत अत्यावश्यक सेवा बाहेकका कार्य बन्द गर्न भनेको हो । विभागले प्रशासनको सहयोगमा र कम जनशक्तीको प्रयोगमा अत्यन्त जरुरी सेवा मात्र संचालन गर्न भनेको छ ।

विभागका उपरजिष्ट्रार सुरेन्द्रराज पौडेलको हस्ताक्षर रहेको पत्रमा स्वास्थ्य पुर्वाधारको ब्यवस्थापनमा राज्यलाई सहयोग गर्न समेत आग्रह गरेको छ । विभागले कोरोना जोखिमबाट जोगाउन र थप क्षती हुन नदिनका साथै कोरोना नियन्त्रणमा सहयोग गर्न अनुरोध गरेको छ ।



नयाँ