arrow

पृथ्वीसुब्बा गुरुङ बने गण्डकी प्रदेशको मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
prithvi-subba-gurung-oath.jpg

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन् । गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन् । मुख्यमन्त्री गुरुङले शपथ ग्रहण पनि गरेका छन् । 

मुख्यमन्त्री गुरुङले अबको एक महिना अर्थात् ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । यसका लागि उनले ३१ सांसद पुराउनुपर्ने थियो ।

जनमोर्चाका सांसद द्धय कृष्ण थापा र खिमविक्रम शाहीले अर्को निर्णय नगरे गुरुङको सरकार ढल्नेछ ।  

मुख्यमन्त्री गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले बहुमतको सरकार दाबी गर्न तीन दिनको समय दिएकी थिइन् । गण्डकीमा बहुमतको सरकार गठनका लागि ३१ सांसदको हस्ताक्षर आवश्यक पर्ने थियो  

तर समय सीमा भित्रमा नेपालको संविधानको धारा १६८ (२) अनुसार कुनै पनि दल तथा नेताले दाबी पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख पौडेलले धारा १६८ (३) अनुसार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । 

जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीले साथ नदिएपछि काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्नबाट वञ्चित भए । उनले आफ्नो पक्षमा ३१ जना सांसदको हस्ताक्षर पुर्‍याउन सकेनन् । 

तर उनले जनमोर्चाले कृष्ण थापालाई कारबाही गरेकाले आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गर्दै सभामुख नेत्रनाथ अधिकारीसहित ३० जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष बुझाएका थिए । उनको दाबी पुष्टि नभएपछि गुरुङ नियुक्त भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ