arrow

सत्ताको सकस

'महन्थलाई प्रधानमन्त्रीको प्रस्ताव गरिए ओली विरुद्धको गठबन्धन बहुमतमा'

ठाकुर र महतोलाई मनाउने विपक्षी प्रयास जारी, उपेन्द्रको हस्ताक्षरलाई वैधानिकता नदिन राष्ट्रपतिकहाँ फिराद

logo
आकाश शर्मा,
प्रकाशित २०७८ वैशाख २९ बुधबार
deuba-thakur.jpg
फाइल तस्बिर

काठमाडौँ। नयाँ समीकरणमा निर्णायक बनेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोलाई मनाउन विपक्षी गठबन्धनका नेताहरूले प्रयास जारी राखेका छन्। तर ठाकुर र महतो अझैसम्म आफ्नो अडानमा कायमै रहेको ठाकुर निकट नेताहरूको भनाइ छ।

बुधवार दिउसो ठाकुर र महतोले राष्ट्रपति कार्यालय पुगी उपेन्द्र यादवको हस्ताक्षरलाई वैधानिक नमान्न आग्रह गरेको स्रोतको भनाइ छ। स्रोतका अनुसार ठाकुरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग जसपामा दुई वटा अध्यक्ष भएको र एउटा मात्र अध्यक्षको हस्ताक्षरलाई वैधानिकता नदिन आग्रह गरेका थिए। राष्ट्रपतिलाई भेट्न अघि ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए। प्रधानमन्त्रीसँग भेट गरे पछि उनीहरूले राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए। 

प्रधानमन्त्रीसँग ठाकुर र महतोको भेट भएको ठाकुर निकट नेता डा.सुरेन्द्र झाले बताए। झाका अनुसार भेटमा पछिल्लो राजनीतिक अवस्थाबारेमा छलफल भएको थियो। ‘ओली सरकारको विपक्षमा कुनै गठबन्धनमा सहभागी नहुने अडानमा ठाकुरजी कायमै हुनुहुन्छ’ झाले भने। 

जसपाका शीर्ष नेताहरूको बैठक बुधवार साँझ पूर्व समाजवादी पार्टीको पार्टी कार्यालय बालकुमारीमा बस्दै छ। नेपाली काँग्रेस र माओवादी केन्द्रले ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेमा ओलीको विपक्षमा बहुमत पुग्ने ठाकुर निकट नेताहरू बताउँछन्।

तर यसबारेमा औपचारिक प्रस्ताव कसैले नगरेको स्रोतको भनाइ छ। ओली सरकारको विपक्षमा बहुमत पुर्‍याउन प्रयास गरिरहेका नेपाली काँग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूले पनि ठाकुरलाई मनाउन बुधवार बिहानदेखि नै प्रयास गरेका छन्।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव भने ओली सरकार ढाल्न बहुमत जुटाउन प्रयास गरिरहेका छन् । यसकोलागि यादव नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नियमित सम्पर्कमा छन्।  जसपाको संसदीय दलमा दुवै पक्षका सांसद बराबर छन् भने कार्यकारिणी समितिमा यादव पक्ष बहुमतमा छ। बहुमत कार्यकारिणी समितिका सदस्यहरू यादवको पक्षमा भएकोले यादवले गरेको हस्ताक्षरलाई वैधानिकता दिनुपर्ने भनाइ यादव पक्षका नेता इस्तियाक राईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ