- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप ९ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमामा उपचाररत नेपालगन्ज १ की ४३ बर्षीया महिला, गुलरिया ८ बर्दियाकी ३२ बर्षीया महिला, भेरी अस्पतालमा उपचाररत राजापुर ६ बर्दियाकी ५६ बर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापनका फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा तुलसीपुर ६ दाङका ४३ बर्षीय पुरुष,बैजनाथ ६ बाँकेका ६४ बर्षीय पुरुष, तुलसीपुर ५ दाङकी ३५ बर्षीया महिला, डुडुवा गाउँपालिका ३ बाँकेकी ५० बर्षीया महिला, नरैनापुर गाउँपालिकाका ४२ बर्षीय पुरुष र नेपालगन्ज १२ की ७५ बर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको ओलीले बताए ।
योसँगै बाँके जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या २१३ र बाहिरी जिल्लाको कोरोनाबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ।