arrow

युवा उद्यमी आशिषलाई युरोपको विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
ashish-sharma.jpg

काठमाडौं । सिंगापुर बेभरेजेज प्राइभेट लिमिटेडका संस्थापक युवा उद्यमी आशिष शर्माले युरोपको प्रख्यात विश्वविद्यालयबाट विद्यावारिधिको उपाधि हासिल गरेका छन् । झापाको भद्रपुरमा जन्मेका डा. शर्माले फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेशल युनिभर्सिटीबाट विद्यावारिधि गरेका हुन् । 

भद्रपुरमा हुर्के बढेका डा. शर्माले ललितपुरको जावलाखेलस्थित साउथ एसियन इन्स्ट्युट फ म्यानेजमेन्ट (एसएआईएम) कलेजबाट  स्नातक गरेका थिए । त्यसपछि दुबईस्थित वालोंगगोंग विश्वविद्यालयबाट मास्टर इन इन्टरनेशल बिजेनस (एमआईबी) स्नातकोत्तर गरेका थिए । 

विदेशमा पाएका विभिन्न अवसर छोडेर केही गर्ने अभिलाशाका साथ उनी नेपाल फर्किए । सोही क्रममा सन् २०१७ मा आशिषले सिंगापुर बेभरेजेजको स्थापना गरे । नेपालबाट लाखौं पैसा बाहिर गइरहेको देखेपछि उनले नेपालमै अन्तर्राष्ट्रिय स्तरको सामान उत्पादन गर्न थालेको बताए । 

सन् २०१७ देखि नै कार्बेनेट सफ्ट ड्रिंक (पेय पदार्थ) उत्पादन थालेको सिंगापुर बेभरेजेजले हाल नेपालमा क्लवकोला, फेन्सी, राइट, मनसुन डिउ जस्ता पेय पदार्थ नेपाली बजारमा ल्याएको छ । 

सन् २०१९ मा कम्पनीले जिरु, जिरा मसला खैरो रंगको पेय पदार्थसमेत बजारमा ल्याएको छ । जसले अहिले नेपाल मात्रै हैन नेपाल बाहिरसमेत राम्रो बजार पाएको बताइएको छ । उनले अप्रिल २४ मा युरोपियन इन्टरनेशनल युनिभर्सिटीले माल्दिभ्समा आयोजित सम्मेलनबाट विद्यावारिधि उपाधि पाएका हुन् ।

उनको यो मेहनत र अथक प्रयासबाटै उनले ग्लोबल क्वालिटी प्रमोटर्स एन्ड इन्टरनेशनल एक्सिलेन्स अवार्डर्सबाट सम्मान गरिएको हो । उनले उक्त विद्यावारिधि पाँच तारे रेटिङसहित माल्दिभ्समा गत २४ अप्रिलमा भएको कार्यक्रममा प्राप्त गरेका थिए । 

त्यसैगरी उनलाई इन्टरनेशनल कर्पोरेट एन्ड बिजनेस एक्सिलेन्स २०२१ को फेम टाइम्स इन्टरनेशनल एक्सिलेन्स अवार्ड पनि प्रदान गरिएको छ । 

उनले उक्त अवार्डमा विश्वका अरु १५ राष्ट्रका उत्कृष्टहरुसँग पोडियम सेयर गर्ने अवसर पाएका थिए । 

आशिष यो विद्यावारिधि प्राप्त गर्ने सबैभन्दा युवामध्ये पर्छन् । उनले आफ्नो देश र सानो शहर भद्रपुरका लागि पनि गर्वको विषय भएको बताएका छन् । 
 



नयाँ