arrow

माधव नेपालसहित चार नेताको कारवाही फुकुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
nekapa-isthai.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारवाही फुकुवा गरेका छन्।

वालुवाटारमा केहीबेरअघि बसेको स्थायी कमिटी बैठकमार्फत प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेका हुन्। उनीहरुमाथि पार्टी हित विपरितका गतिविधिमा लागेको भन्दै ६ महिना निलम्बनसहित कारवाही गरिएको थियो।

तर अहिले प्रधानमन्त्रीमा आफूलाई अप्ठेरो पर्ने अवस्था आएपछि ओलीले नेपाल समूहमाथिको कारवाहीलाई फिर्ता लिएका हुन्। एमाले नेता सुवास नेम्वाङले केहीबेरअघि बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथिको कारवाही फुकुवा गरेको जानकारी दिए।

गत १६ चैत मा नेता नेपाल र रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ६ महनिाका लागि निलम्बन गरिएको थियो। यस्तै २३ चैतमा पाण्डे र भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गर्ने निणर्य गरेको थियो ओलीले गरेका थिए। अन्य २३ नेतमाथिसमेत निलम्बन गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ