arrow

ओली-नेपाल भेट्दैः स्थायी कमिटीको संयुक्त बैठक बोलाउने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
oli-nepal.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका ओलीले नेपाललाई भेटका लागि टेलिफोन गरि आग्रह गरेपछि नेता नेपाल तयार भएका हुन् । तर कहाँ र कतिबेला भेट्ने भन्ने खुलाइएको छैन ।

‘अध्यक्ष ओलीले आफैंले फोन गरेर भेट्न प्रस्ताव गर्नुभयो, माधवजी पनि भेट्न तयार हुनुभयो, केही बेरमा भेट हुन्छ, तर स्थान तय भएको छैन,’ ओली निकट एक नेताले भने ।

केहीबेरअघि वालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथिको कारबाही फिर्ता लिने निणर्य गरेको थियो । बालुवाटारमा स्थायी कमिटीको बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको बताइएको छ ।

अध्यक्ष ओलीले नेपालसँगको भेटपछि सबैलाई समेटेर स्थायी कमिटी बैठक बोलाउने तयारीसमेत गरेका छन् । सो बैठकमा माधव-झलनाथ समूहलाई पनि ल्याउने ओलीको तयारी छ ।

गत १६ चैतमा नेता नेपाल र रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै ६ महनिाका लागि निलम्बन गरिएको थियो । यस्तै २३ चैतमा पाण्डे र  भुसाललाई पनि ६ महिनाका लागि निलम्बन गर्ने निणर्य ओलीले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ