- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमणका कारण अक्सिजन नपाएर विरामी मरिरहँदा पनि सरकार टुलुटुलु हेरेर बसिरहेको बताएका छन् ।
सरकारको गैरजिम्मेवारी र नालायकीको हदभयो भन्दै उनले गर्न सक्ने काम पनि नगरेर सरकार ‘जनता मारेर’ कसरी बस्न सकेको होला ? भन्दै प्रश्न गरेका छन् ।
विहीबार विहान सामाजिक संजालमा नेपालको पछिल्लो संक्रमण र मृत्युदरप्रति संकेत गर्दै नेता श्रेष्ठले महामारीबाट जतिसक्दो जनता बचाउन लाग्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्
बस्न कसरी सकेको छ सरकार ?
यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दाहेर्दै मरिरहेका छन् । उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् ।राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन् ।
बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीहरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।
यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ? यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाँउबाट जे जे गर्न सकिन्छ ,सबै लागौं ।