arrow

इजरायल -प्यालेस्टाइन द्वन्द्व, शान्तिपूर्ण माध्यमबाट समाधान खोज्न नेपालको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
isreal-palestine.PNG

काठमाडौं ।  पश्चिम एशियामा बढ्दो द्वन्द्वप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै नेपालले अधिकतम संयमता अपनाउन सम्वद्ध पक्षसँग अनुरोध गरेको छ । 

इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित बनाएको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई अधिकतम संयमता अपनाउन अनुरोध गरेको हो ।

समस्याको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न पनि  मन्त्रालयले दुवै पक्षलाई आह्वान गरेको छ । 

गत सोमबारदेखि जारी द्वन्द्वका कारण ६५ जनाभन्दा बढीको मृत्यु भएको र धेरै भौतिक सम्पत्ति नाश भएका सन्दर्भमा नेपालले दुवै पक्षलाई शान्तिपूर्ण माध्यमबाट समस्याको निकास खोज्न आह्वान गरेको हो ।



नयाँ