arrow

पूर्व राजपाका १३ सांसद भक्तपुरको रिसोर्टमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
mahant-thakur-rajendra-mahato.jpg
फाइल तस्बिर

काठमाडौँ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो निकट १३ सांसदलाई भक्तपुरको एक रिपोर्टमा पुर्‍याइएको छ। सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घण्टा बाँकी रहँदा ठाकुर-महतो समूहमा रहेका पूर्व राजपाका सांसदहरूलाई रिपोर्टमा लगेर राखिएको हो।

सांसदहरूलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको एक सांसदले जानकारी दिए। ‘बैठकका लागि भनेपछि हामी आएका हौँ, सरकार गठनका विषयमा कसरी जाने भन्ने कुरा होला, भर्खरै आएका छौँ,’एक सांसदले हाम्रा कुरासँग भने।

जसपा अध्यक्ष ठाकुर र नेता महतोले बिहीबार बिहान काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेका थिए भने त्यस लगत्तै सांसदहरूलाई पार्टी कार्यालयमा बोलाएका थिए। पार्टी कार्यालयमा भेला भएका सांसदहरूलाई त्यहाँबाट भक्तपुर पुर्‍याइएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ