arrow

एक्लाएक्लै पारेर सांसद फकाउन नसकेपछि माधव नेपाललाई नै ललिपप देखाउँदै केपी ओली

गोकुल र विष्णुले नभएपछि आफै अग्रसर, कारबाही फुकुवाको फाले अस्त्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
oli-nepal-meet-second.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार राती माधव नेपाल पक्षका एक दर्जन सांसदहरूसँग अलग अलग भेटघाट गरेका थिए। उनले नेपाल पक्षका एक दर्जन सांसदहरूसँग भेटघाट गरेर निशर्त फर्केर काम गर्न आग्रह गरेका थिए।

तर उनीहरूले आफूहरू मात्रै फर्कने होइन सिङ्गो एमाले बनाउन लाग्नुपर्ने त्यसका लागि माधव नेपालसँग कुराकानी गर्न आग्रह गरेका थिए। ओलीले यज्ञराज सुनुवार, जयकुमार राई, नारायण खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ लगायतका एक दर्जन सांसदहरूलाई भेटेर पार्टीमा फर्केर काम गर्न आग्रह गरेका थिए। तर सबै सांसदहरूले माधव नेपालसँग कुराकानी गर्न सिङ्गो एमाले बनाउन आग्रह गरेका थिए।

राती नेपाल पक्षका सांसद फकाउने प्रयास गरिएको भए पनि उनीहरू नमानेपछि ओलीले बिहीबार बिहानैबाट कारबाही फुकुवा र २०७५ ज्येष्ठ अगाडीको स्थितिमा पार्टीलाई पुर्‍याउने ललिपप देखाएर नेपाललाई फकाउन लागेको स्रोतको दाबी छ।

नेपाल पक्षमा रहेका तर नयाँ दल खोल्नु हुन्न भन्ने पक्षमा रहेका सांसदहरूलाई ओलीले बोलाएर कुराकानी गरेका थिए। उनले पार्टीभित्र उचित जिम्मेवारी दिने भन्दै सांसदहरूलाई फकाए पनि उनीहरूले आफूहरू समूहमै आउने तर नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका थिए । ‘हामीलाई बेग्ला बेग्लै बोलाइएको रहेछ धेरै साथीहरूलाई बोलाइएको र कुराकानी गरेको पाइयो तर सबैको एकै प्रकारको स्वर भएपछि ओलीले पछि कुराकानी गर्छु भन्दै पठाएका रहेछन्’, ओलीसँग भेटेका एक सांसदले भने।

ओलीले बुधवार राती नै पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटालाई पनि नेपालसँग भेटघाट गर्न पठाएका थिए। साँझ आफू नेपाल पक्षका सांसदहरूसँग पालैपालो छलफलमा बसेको र बास्कोटालाई नेपाल निवास पठाएका थिए।

बिहीवार बिहान अर्थमन्त्री विष्णु पौडेललाई पनि नेपालसँग भेटघाटका लागि पठाएका थिए। नेपाल र पौडेल भेटघाटपछि बसेको स्थायी कमिटी बैठकले माधव नेपालसहित उनी निकट चार नेतामाथिको कारबाही फुकुवा गरेको थियो। निलम्बन फुकुवासँगै नेपाल पक्षका नेताहरूले निर्णयलाई ‘सकारात्मक’ भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ