arrow

टर्‍यो माधव समूहको राजीनामा, केपी ओली प्रधानमन्त्रीमा दोहोरिने

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
oli-nepal-meet-second.jpg

काठमाडौं । नेकपा एमाले भित्रको राजनीति फरक पाटोतर्फ अघि बढेको छ । एमाले अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपालबीचको करिब पाँच घण्टा लामो वार्तापछि तत्कालका लागि नेपाल पक्षबाट हुन सक्ने सांसदहरूको राजीनामा टरेको हो । 

बैठकबाट बाहिरिँदै नेता नेपालले तत्कालका लागि राजीनामा टरेको बताए । ‘दुई चार दिनलाई राजीनामा टर्‍यो, अब कार्यदल बन्छ,’ भेटवार्ता सकिएपछि बाहिरिँदै गर्दा नेता नेपालले सञ्चारकर्मीहरूसँग भने । 

नेपालको यो आशयसँगै अव प्रधानमन्त्रीमा ओली नै दोहोरिने छन् । वार्ताका क्रममा नेता नेपालले ओलीसँग २८ फागुनको निर्णय फिर्ता र पार्टी कमिटी २ जेठ २०७५ को स्थितिमा फर्काउन माग गरेका थिए । सो मागमा ओली सकारात्मक रहेको र सहमतिमा टुङ्गाउने जवाफ दिएका छन् । 

आजै बिहान मात्रै नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा गरेपछि नेता नेपाल अध्यक्ष ओलीसँग वार्तामा बसेका थिए । 

ओलीले स्थायी कमिटी बैठकमार्फत आज बिहान नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेका थिए ।

त्यसपछि व्यवसायी क्याप्टेन रामेश्वर थापाको चपलीस्थित निवासमा ओली र नेपालबीच वार्ता भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ