arrow

काँग्रेस बैठकमा देउवाको ब्रिफिङ : बहुमत पुग्ने भएन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
sher-bahadur-d.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वैकल्पिक सरकार बनाउन बहुमत जुटाउन नसकिएको बताएका छन् । 

बिहीबार  (आज) आफ्नो निवासमा बसेको पदाधिकारी बैठकमा पदाधिकारी तथा पूर्व पदाधिकारीलाई ब्रिफिङ गर्दै देउवाले वैकल्पिक सरकारका लागि बहुमत पुर्‍याउन नसकिएको बताएका हुन् । 

‘पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भयो, सभापतिले वैकल्पिक सरकार बनाउन बहुमत नपुग्ने अवस्थाबारे बताउनु भयो,’ बैठकपछि काँग्रेस सह महामन्त्री डा. प्रकाशसरण महतले हाम्रा कुरासँग भने । 

उनले अब सरकारमाथि तत्काल दाबी गर्ने अवस्था नभएको बताए । ‘हामी तयार थियौँ, तर जसपा तयार देखिएन, त्यस कारण सरकारमाथि दाबी गर्ने अवस्था रहेन,’ महतले थपे । 

पदाधिकारी बैठकमा देउवाले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतसँग भएका छलफलबारे जानकारी गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ