- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईल–उल फित्रको अवसरमा आज मुस्लिम धर्मावलम्बीका साथै प्रदेशवासीमा शुभकामना व्यक्त गरेका छन् ।
सु–स्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै मुख्यमन्त्री राउतले यस पर्वको माध्यमबाट मुलुकमा भाइचाराको सम्बन्ध, सुख र शान्तिको अभिवृद्धि होस् भनी कामना गरेको मुख्यमन्त्रीको प्रेस सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीको कारण अन्य वर्षजस्तै हर्षोल्लासका साथ पर्व मनाउने अवस्था नरहेको हुँदा मुख्यमन्त्री राउतले सरकारले निर्धारण गरेको मापदण्डलाई पालना गर्दै मुस्लिम धर्मावलम्बीहरूलाई घरमै बसेर पर्व मनाउन अपिल गर्नु गरेका छन् ।
प्रदेश सरकारले ईदउल फित्र मनाउनका लागि शुक्रवार वैशाख ३१ गते प्रदेशभर सार्वजनिक बिदा दिएको सो विज्ञप्तिमार्फत उल्लेख गरिएको छ ।