arrow

नेपाल टेलिकमको लकडाउन अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
nepal-telecom-building.jpg

काठमाडौँ। यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लासहित अधिकांश जिल्लामा निषेधाज्ञा लागु भएसँगै नेपाल टेलिकमले लकडाउन ‘स्टे कनेक्टेड’ अफर सार्वजनिक गरेको छ। निषेधाज्ञाको समयमा घरमा नै बसेका सेवाग्राहीलाई ध्यानमा राख्दै टेलिकमले उक्त अफर सार्वजनिक गरेको हो।

उक्त अफर शुक्रवारदेखि एक महिनाका लागि लागु हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए। उनका अनुसार उक्त अफरअन्तर्गत एक महिनाका लागि अनलिमिटेड ‘डे डाटा प्याकेज’ र ‘रिचार्जमा डाटा बोनस’ उपलब्ध हुनेछ। अनलिमिटेड डे डाटा प्याक अफर रु ३९ मा उपलब्ध हुनेछ भने उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म रहेको प्रवक्ता जोशीले जानकारी दिए।

लकडाउन स्टे कनेक्टेड अफरअन्तर्गत खरिद गरिएको प्याक चलाउन सकिने समयावधि २४ घण्टाको हुनेछ। दैनिक रूपमा एक पटक बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म मात्र चलाउन सकिनेछ। यस्तै गरी, टेलिकमले निषेधाज्ञाको अवधिमा एमपोस अर्थात् विभिन्न भुक्तानी सेवा प्रदायकका माध्यमबाट मोबाइलमा रिचार्ज गर्दा बोनस डाटासमेत पाउनेछन्।

रु २०० देखि रु ४९९ सम्म रिचार्ज गर्दा बोनस स्वरूप ५०० एमबी डाटा उपलब्ध हुनेछ। उक्त डाटा २ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ। यस्तै रु ५०० वा सो भन्दा बढी रकम रिचार्ज गर्दा एक हजार २४ एमबी डाटा उपलब्ध गराइने छ। उक्त डाटा चार दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ