arrow

अनलाइनबाट आवेदन भरेर कोरोना खोप लगाउन सकिने, यसरी भर्न सकिन्छ फारम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
corona-vaccine-covid.jpg

काठमाडौँ । सरकारले अनलाइनबाटै फारम भरेर खोप लगाउन सकिने व्यवस्था मिलाएको छ । स्वास्थ्य मन्त्रालयले मोबाइल एप र वेबसाइट तयार पारेर खोप लगाउनका प्रि-रजिस्ट्रेसन फारम तयार पारेको हो ।

एप या वेबसाइटबाट फारम भरिसकेपछि पाउने दर्ता कार्ड वा दर्ता नं र परिचय खुल्ने परिचयपत्र सहित खोप अभियान सञ्चालन भएको केन्द्रमा गएर खोप लगाउन सकिने छ ।

हालसम्म खोप नलगाएका र १८ वर्षभन्दा माथिकाहरुले खोप लगाउनका लागि फारम भर्न सक्ने छन् ।

अनलाइन फारम भर्नका लागि यो वेबसाइटमा गएर मागिएको विवरणहरू पेस गर्नु पर्नेछ ।

यसरी सबै विवरण पेस गरेपछि अन्त्यमा फारम पेस गर्नुपर्ने छ र त्यसपछि दर्ता कार्ड वा दर्ता नं पाइनेछ र सोसँग आफ्नो परिचय खुल्ने कार्ड लगेर खोप अभियान सञ्चालन हुँदा खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ ।



नयाँ