arrow

विपक्षीको बैठक बुढानिलकण्ठमा : थप रणनीति बनाइदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
deuba-prachanda-yadhav.jpg

काठमाडौं । प्रधानमन्त्रीमा केपी शर्मा ओली पुनः नियुक्त भएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहित माओवादी केन्द्र र जसपाको उपेन्द्र यादवसमूह छलफलमा जुटेका छन् ।  विपक्षी दलहरुको संयुक्त बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसिरहेको हो । 

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन छलफल जारी रहेको जानकारी दिए । ‘अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हो, विगतका समिक्षा पनि भइरहेका छन्, कुराकानी हुँदै छ,’ कांग्रेस महामन्त्री डा. कोइरालाले हाम्राकुरासँग भने । 

बैठकमा कांग्रेसतर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइराला र कृष्णप्रसाद सिटौला सहभागि छन् ।  यसैगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी रहेका छन् । बैठकमा वैकल्पिक सरकार निर्माणमा भएका प्रयास र त्यसको समिक्षा पनि भइरहेको बताइएको छ । 

प्रधानमन्त्री ओलीले गत २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार निर्माणका लागि समय दिएकोमा प्रतिपक्षमा रहेका दलहरु बीच गठवन्धन बन्न नसक्दा विपक्षी दलहरु वैकल्पिक सरकार गठनको प्रयासबाट बिहीबार पछि हटेका थिए । 

विपक्षीको प्रयास असफल भएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियतले ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छन् भने अहिले दिउसो सपथको कार्यक्रम तय भइसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ