arrow

बादलसँगै उम्मेदवार बनेका देवकोटाले भने : उम्मेदवारी कायमै रहन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
khimlal-badal.jpg
फाइल तस्विर।

काठमाडौं । बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभामा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवारी दिएका डा. खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने सङ्केत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले आफू उम्मेदवार कायमै रहेको र उम्मेदवारीमा पुनर्विचार नहुने सन्देश दिएका हुन् । 

‘निष्ठा र इमान्दारिताको राजनीतिप्रति मेरो गहिरो लगाव छ । राजनीतिक दलहरूले म प्रति गर्नुभएको विश्वास र भरोसाप्रति उच्च सम्मान व्यक्त गर्दछु । संविधान प्रदत्त स्थानीय र प्रदेशका अधिकारहरू विना व्यवधान कार्यान्वयन हुनुपर्दछ भन्ने मान्यतामा म दृढ छु । मेरो उम्मेदवारी पनि यही विचारबाट अभिप्रेरित छ’ उनले फेसबुकमा लेखेका छन् ।

प्रधानमन्त्री केपी ओली र माधव नेपालबीच संवादहीनताको अवस्था अन्त्य भएर सहमतिका लागि बाटो खुलेको भनिएका बेला देवकोटाले आफू उम्मेदवार कायम रहेको र रहने दाबी गरेका हुन् । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका छन् । 

उनलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिन्हसमेत प्रदान गरिसकेको छ । उनले उपनिर्वाचन प्रयोजनका लागि कलम चिन्ह पाएका छन् । 

उनको प्रतिस्पर्धामा रहेका अर्का उम्मेदवार रामबहादुर थापाले भने सूर्य चिन्ह पाएका छन् । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले भने मादल चिन्ह पाएका छन् ।

उनी एमालेको माधव पक्षका रुपमा चिनिंदै आएका छन् । तर उम्मेदवारी भने उनले स्वतन्त्र उम्मेदवारको हैसियता दर्ता गराएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ