arrow

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ

logo
हाम्राकुरा संवाददाता
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
pm-oli-oath-third.jpg

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । 

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संवैधानिक अङ्गका प्रमुखलगायत सहभागी थिए ।

राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दावी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समय सीमा तोकेर आह्वान गरिए पनि  समयावधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल असफल भएका थिए । प्रधानमन्त्री ओलीको यो तेस्रो प्रधानमन्त्रित्व काल हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ