arrow

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न नसकिने

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
hetauda-hospital.jpg
हेटौंडा अस्पताल। तस्विर: हाम्राकुरा

हेटौंडा । हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमितको उपचारको लागि अक्सिजन सकिएको अस्पतालले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिले आजैदेखि भर्ना भएका बिरामीलाई अक्सिजन दिन नसकिने जनाएको हो । “हेटौडा अस्पतालले सङ्क्रमणको सुरुवाती चरणदेखि निरन्तर रूपमा कोभिड-१९का बिरामीहरूलाई उपचार सेवा प्रदान गर्दै आइरहेकोमा आजै देखि सङ्क्रमण भई भर्ना भएकालाई अक्सिजन दिई उपचार गर्नुपर्ने बिरामीहरूको लागि आवश्यक पर्ने अक्सिजनको अभाव भई अब बिरामी भर्ना गर्न र उपचाररत बिरामीहरूको लागि अक्सिजन दिने कार्यका समस्या सृजना भएको छ” अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अस्पतालको कोभिड १९ उपचार कक्ष आइसियु र एचडियुका सबै बेड भरिएको अस्पतालले जनाएको छ । वार्डमा पनि बिरामी राख्ने ठाउँ नभएको अस्पतालले जनाएको छ । ‘अक्सिजनको जोहो नभएसम्म अस्पतालमा बिरामी भर्ना हुनसक्ने अवस्था छैन बिरामी राख्ने ठाउँ पनि छैन’, अस्पताल स्रोतले बतायो ।

अक्सिजन अभावकै कारण यहाँका बिरामीलाई अन्य अस्पतालसङ सहकार्य गरी रिफर गर्ने तयारी समेत भएको स्रोतले बताएको छ ।प्रशासनले केहिदिन अघिसम्म जिल्लामा अक्सिजन अभाव नहुने बताएता पनि शुक्रवारदेखि कोरोना सङ्क्रमितको उपचारमा अक्सिजन अभावकै कारण समस्या उत्पन्न भएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ