arrow

राजेन्द्र महतोलाई संसदीय दलको नेता घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
Rajendra-Mahato.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। सरकारमा जान तयार भएका राजेन्द्र महतोलाई  जनता समाजवादी पार्टीको महन्थ ठाकुर—राजेन्द्र महतो पक्षले संसदीय दलको नेता चयन गरेको छ। २० जना सांसदहरूको सहमतिमा महतोलाई दलको नेता चयन गरिएको ठाकुर—महतो पक्षका सांसद प्रमोद साहले दाबी गरे।

यस विषयमा आइतबार संसद् सचिवालयलाई जानकारी गराइने उनले बताए। ठाकुर—महतो पक्षसँग १६ जना मात्र सांसद छन्। ठाकुर पक्षधर नेताहरू उपेन्द्र यादव कित्ताका ४ जना सांसदहरू आफ्नो कित्तामा आएको ठाकुर पक्षधर नेताहरूको दाबी गरेका छन्।

महतो जसपाबाट नेतृत्व गर्दै सरकारमा जान तयार गरेको स्रोतको भनाइ छ। यसको तयारीलागि महतोलाई दलका नेता चयन गरिएको महतो निकट नेताहरू बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ