arrow

गण्डकीमा संक्रमितको मृत्युमा नयाँ रेकर्ड, शुक्रवारमात्रै २३ जनाको मृत्यु

logo
हरि पन्त,
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
gandaki-province-corona.jpg

पोखरा । गण्डकी प्रदेशको कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्याले नयाँ रेकर्ड कायम गरेको छ । गण्डकीमा शुक्रवार मात्रै २३ जनाको मृत्यु भएसँगै रेकर्ड कायम गरेको हो । जसमा पोखराका मात्रै ११ जना छन् ।

शुक्रवार प्रदेशका विभिन्न अस्पतालमा उपचारका क्रममा २३ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  निर्देशनालयका अनुसार पोखरा-१५ की ४५ वर्षीय महिलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । 

यसै गरी चरक मेमोरियलमा भर्ना भएका पोखरा-४ का ८२ वर्षीय वृद्धको मृत्यु भएको छ । यस्तै पोखरा-१३ का ६० वर्षीय पोखरा-२८ की ४८ वर्षीय महिला, पोखरा-३३ का ४० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रममा मृत्यु भएको छ ।

यस्तै पोखरा-१७ का ३१ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । पाल्पा जिल्लाको तानसेन नगरपालिका-२६ का ७७ वर्षीय महिला, पोखरा-३ का ७६ वर्षीय पुरुष, पोखरा-१७ का ६३ वर्षीय पुरुष, पोखरा-२५ का ४२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

कास्कीको रुपा गाउँपालिका वडा नं. १ का ६६ वर्षीय पुरुष, स्याङ्जा पुतली बजार नगरपालिका-६ का ३३ वर्षीय पुरुष, आँधिखोला गाउँपालिका-३ स्याङ्जाका ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ ।  

यस्तै, स्याङ्जा गल्याङ नगरपालिका-३ का २६ वर्षीय पुरुषको समेत पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ बडिगाड गाउँपालिका-४ का ४० वर्षीय पुरुष, बागलुङ नगरपालिकाका ३९ वर्षीय पुरुष, बागलुङ-७ का ६३ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डा. शर्माले जानकारी दिए । 

त्यस्तै तनहुँ भीमाद नगरपालिका-६ का ४४ वर्षीय पुरुष, शुक्ल गण्डकी-६ का ४८ वर्षीय पुरुष र माग्दे गाउँपालिका-३ का ५१ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा मृत्यु भएको छ । डा. शर्माका अनुसार योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३४१ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ