arrow

ओली र नेपालबीच सिंहदरबारमा वार्ता सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
oli-nepal-singhadurbar-meet.jpg
तस्बिर : सुर्य थापा

काठमाडौं। नेकपा एमालेको विवाद समाधानबारे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपालबीच वार्ता सुरु भएको छ। 
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको वार्तामा दुवै तर्फबाट दोस्रो तहका नेताहरूसमेत सहभागी भएका छन्। 
वार्तामा अध्यक्ष ओली तर्फबाट सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी भएका छन्।

यस्तै नेपाल पक्षबाट नेपालसहित, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट र भीम रावल सहभागी भएका छन्।
जारी बैठकले पार्टी भित्र देखिएको विवादलाई टुङ्गो लगाउने विषयमा मोडालिटी तयार गर्ने बताइएको छ।

बिहीबारसमेत अध्यक्ष ओली र नेता नेपालबीच चपली हाइटस्थित व्यवसायी रामेश्वर थापाको निवासमा वार्ता भएको थियो । सो वार्तामा विवाद समाधानका लागि २ जेठ २०७५ अघिकै अवस्थामा फर्कनु पर्ने सर्त ओली समक्ष नेता नेपालले राखेका थिए । त्यसमा ओली सकारात्मक रहेको बताइएको थियो।

आजको बैठकले कार्यदल बनाएर सहमतिका लागि अघि बढ्न थप वातावरण बनाउने नेताहरूले बताएका छन् । ओलीसँग वार्तामा बस्नु अघि नेपाल समूहको बैठक बसेको थियो । सो बैठकले सहमतिका लागि सर्तहरू तयार गरिएको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ