arrow

अक्सिजन र आइसियु बेडको तत्काल व्यवस्था गर : देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
deuba--nc-congress-1.jpg
शेरबहादुर देउवा।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताको जीवन रक्षाका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार साँझ एक वक्तव्य जारी गर्दै देउवाले कोरोनाले उग्ररूप लिएको, देशभरका अस्पतालहरुमा अक्सिजन, आइसियु बेड, भेन्टिलेटर र औषधीको अभाव भइरहेकाले तत्कालका लागि आवश्यक व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् । 

उनले देशभरी नै अक्सिजन अभावमा ठुलो सङ्ख्यामा मानिसहरूको मृत्यु भइरहेको र यो परिस्थितिमा पनि सरकार गम्भीर र जिम्मेवार नदेखिएको भन्दै भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्न र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न पनि सरकारसँग माग गरेका छन् । 

‘म सरकारसँग भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गरी सबै जिल्लामा अक्सिजन प्लान्ट र पीसीआर परिक्षण प्रयोगशाला स्थापना गर्न र तत्कालका लागि आवश्यक अक्सिजन, आइसियु बेड, खोपलगायतका औषधीको व्यवस्था गर्न माग गर्दछु,’ कांग्रेस सभापति देउवाले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ । 

देउवाले अहिलेको विषम अवस्थामा नेपाललाई सहयोग गरिदिन मित्रराष्ट्र र अन्तर्राष्ट्रिय संघ संस्थाहरुलाई पनि वक्तव्यमार्फत अपिल गरेका छन् । 

यसै गरी सर्वसाधारणलाई पनि स्वास्थ्यका मापदण्ड अपनाउन तथा आम कांग्रेस कार्यकर्तालाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सङ्कटमा परेकालाई सक्दो सहयोग गर्न देउवाले वक्तव्यमार्फत आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ