arrow

पिसिआर टेस्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह

logo
रासस,
प्रकाशित २०७८ जेठ १ शनिबार
pcr-test-corona-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाली महावाणिज्यदूत कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेस्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ। महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने जनाउँदै यदि अस्पतालमा भर्ना हुन र कोरोना भाइरसविरुद्धको खोपका लागि कुनै कागजपत्र आवश्यक परे महावाणिज्यदूतावासमा सम्पर्क राख्न आग्रह गरे।

कोरोना भाइरसविरुद्ध जीत हासिल गर्न नेपाल र भारतका स्वास्थ्य मापदण्ड अपनाउन, घरैमा बस्न तथा सबै नेपाली एकजुट हुन पनि उनले अनुरोध गरेका छन्। 

यसैबिच श्रीश्रीश्री जानकीमाता नेपाली धार्मिक सङ्घले कोरोनापीडित नेपालीका लागि दुई एम्बुलेन्समार्फत निःशुल्क घुम्ती सेवा सुरु गरेको छ। नेपालीहरू कसैलाई अस्पताल जान आउन वा अन्य समस्या भएमा एम्बुलेन्स सेवा लिन आग्रह गरिएको सङ्घका सभापति गुञ्जदास श्रेष्ठ र जानकी माता नेपाली महिला कल्याणकारी कोषका अध्यक्ष रमा शर्मा पौडेलले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ