arrow

गत बर्ष ‘भाटे कारवाही’मा उत्रिएका उर्लाबारीका मेयर कोभिड अस्पताल निर्माणमा जुटे

logo
विवेक मिश्र 
प्रकाशित २०७८ जेठ १ शनिबार
fagu.jpg

मोरङ । गत बर्ष पहिलो चरणको कोरोना संक्रमणको समयमा ‘मान्छे मरेर लास उठाउनु भन्दा लाट्ठी उठाउछु’ भन्दै भाटे कारवाहीमा उत्रिएका उर्लाबारीका मेयर खड्ग बहादुर फागो यतिबेला अक्सिजन सहितको कोभिड अस्पताल निर्माणमा जुटेका छन् ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण मानिसहरु अक्सिजन अभावमा अकालमै मृत्युवरण गरिरहेका बेला मेयर फागो ११ बेडको कोभिड उपचार केन्द्र बनाउन अहोरात्र खटिदै आएका छन् । नगरवासीको सुरक्षा स्थानिय सरकारको पहिलो प्राथमिकता भन्दै मेयर फागो उपचार केन्द्र निर्माणमा लागेका हुन ।

जेठ १ गते देखी सेवा प्रदान गर्ने उद्देश्यका साथ उर्लाबारी–८ स्थित राजघाटमा रहेको स्वास्थ्य चौकीमा अस्पताल बनाउन थालिएको हो । उर्लाबारी–३ मंगबारेमा रहेको प्रदेश स्तरिय मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल संचालनका लागि अस्पतालको इमरजेन्सी वार्डको भवनमा कोभिड अस्पताल शुरु गर्ने तयारी गरेपनि सञ्चालक समिति र अस्पतालका कर्मचारीले असहयोग गरेपछि कोभिड उपचार केन्द्र अन्योलमा परेको थियो ।

त्यसको विकल्पमा नगरपालिका मातहतमा रहेको राजघाट स्वास्थ्य चौकीमा उपचार केन्द्र स्थापना गर्न लागिपरे जसको कारण अब बढ्दो कोरोना संक्रमणबाट अक्सिजनकै अभावले नागरिकले मृत्यु रोज्न पर्ने बाध्यात्मक अवस्था भने अव उर्लाबारीमा टर्ने संभावना बढेको छ ।

उर्लाबारीमा हालसम्म दोस्रो लहरका कारण ८ जनाको मृत्यु भइसकेको छ भने ८५ जना भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगिसकेको छ ।

उर्लाबारी नगरपालिकाले अक्सिजन सहितको उपचार केन्द्र संचालनमा ल्यापछि उर्लाबारी सग सिमाना जोडिएका पुर्वीउत्तर मोरङका अन्य स्थानिय तहका जनताले पनि सेवा पाउने भएका छन् । भने अक्सिजनै आवश्यक परेर विराटनगर, धरान सम्म पुग्ने ५०/६० किलोमिटरको लामो दुरी पनि छोट्टिने भएको छ ।

यस्तै नगरपालिकाले संक्रमणको यो बेला बृद्धबृद्धा, अपाङगता भएका, दिर्घरोगीहरुले नियमित प्रयोग गर्नुपर्ने औषधि आधारभूत स्वास्थ्य केन्द्रबाट प्रदान हुने सेवा स्वास्थ्यकर्मीको माध्यमबाट जनताको घरदैलोमै पुर्‍याउने भएको छ ।

कोरोनाको संकटको बेला स्थानीय सरकारले खेलेको भुमिकामा उर्लाबारी उद्योग बाणिज्य संघ, अरनिको अस्पताल, इलाका प्रहरी कार्यालय उर्लाबारीले हातेमालो गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ