arrow

कोरोना संक्रमणबाट पोखरामा थप १३ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
gandaki-province-corona.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट कास्कीका छ जनासहित गण्डकी प्रदेशमा शनिवार १४ जनाको मृत्यु भएको छ । गण्डकीका १४ जनामध्ये १३ जनाको पोखरामा मृत्यु भएको हो । 

मृत्यु हुनेमध्ये स्याङ्जाका दुई, कास्कीका छ, तनहूँका एक, गोरखाका एक, पर्वतका तीन, म्याग्दीका एक जना छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले दिएको जानकारी अनुसार गण्डकीमा आजसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५५ जना पुगेको छ ।

७७० जना संक्रमित थपिए, म्याग्दीका सबैभन्दा बढी

गण्डकी प्रदेशमा आज शनिबारमात्रै ७७० जना कोरोना संक्रमित थपिएका छन् । जसमा ३३० जना महिला र ४४० जना पुरुष छन् ।

आज भेटिएका संक्रमितमध्ये सबैभन्दा धेरै म्याग्दीका २३०, कास्कीका १६८ जना छन् । यस्तै, नवलपरासी पूर्वका १४७ जना, स्याङ्जाका २१, बाग्लुङका ७९, तनहूँका ५८, गोरखामा ४९, पर्वतमा १८ जना छन् । योसहित गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या २७ हजार ४०५ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ