arrow

एकाबिहानै तीन कोरोना संक्रमितको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
corona-killed-final.jpg

जलेश्वर । महोत्तरी जिल्लाको विभिन्न स्थानमा  एकाबिहानै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । एकैसाथ आइतबार बिहानै तीन जनाको मृत्यु भएसँगै जिल्लामा मृतकको सङ्ख्या २२ पुगको छ । कोरोनाबाट जिल्लाको अवस्था भयावह बनेको स्वास्थ्य कार्यालय जलेश्वर महोत्तरीकी कोरोना स्रोत व्यक्ति प्रतिभा सिंहले बताइन् । 

उनका अनुसार आइतबार जिल्लाको गौशाला नगरपालिका–४ का ४० वर्षीय पुरुष, औरही नगरपालिका–७का ५५ वर्षीय पुरुष र सम्सी नगरपालिका–५ का ५५ वर्षीय पुरुष गरी तीन जनाको मृत्यु भएको हो । 

तीनै जनाको क्रमशः वैशाख २८, ३० र जेठ १ गते कोरोना पोजिटिभ भएर विभिन्न आइसोलेशनकक्षमा उपचार भइरहेको थियो ।मृतक तीनै जनालाई रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो । 

बिहानसम्म जिल्लामा जम्मा कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार १३४ पुगेको छ भने १९ जना जिल्लाको विभिन्न आइसोलेशन केन्द्रमा उपचार गराइरहेका छन् । 

त्यसैगरी छ जनाको अवस्था गम्भीर भएर थप उपचारका लागि सिफारिससमेत गरिएको कोभिड फोकल पर्सन सिंहले बताइन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ