arrow

काँग्रेस नेता साहद्वारा बिरामी बोक्न ५ वटा अटो एम्बुलेन्स निःशुल्क सहयोग

८० ओटा अक्सिजन सिलिन्डर भर्न एक लाख रुपैयाँ

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७८ जेठ २ आइतबार
auto rick-ambulance.jpg

कैलाली। नेपाली काँग्रेसका युवा नेता, महासमिति सदस्य कमल बहादुर शाहले अक्सिजनका लागि लम्किचुहा अस्पताललाई एक लाख रुपैयाँ सहयोग गरेका छन्। कोरोना सङ्क्रमितहरूका लागि सहयोगीहातहरू लम्की अभियान मार्फत नेता शाहले करिब ८० ओटा अक्सिजन सिलिन्डर भर्नका लागि लम्किचुहा अस्पताललाई १ लाख रुपैयाँ, बर्दगोरीया गाउँपालिका स्वास्थ्य शाखालाई ३५ हजार रुपैयाँ र यस क्षेत्रका कोरोना सङ्क्रमित तथा बिरामीहरूका लागि ५ वटा निःशुल्क अटो रिक्सा एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग गरेका हुनु।

काँग्रेस नेता शाहले गरेको सहयोग रकम कोरोना सङ्क्रमितहरूका लागि सहयोगीहातहरू अभियानका संयोजक खडानन्द सापकोटाले लम्किचुहा अस्पतालका व्यवस्थापक प्रमुख जयचन्द्र जेशीलाई चेक मार्फत हस्तान्तरण गरेका थिए। लम्किचुहा क्षेत्रका बिरामी तथा कोरोना सङ्क्रमितहरूको उपचारको लागि नेता शाहको सहयोगमा सहयोगीहातहरू अभियानले सञ्चालन गरेका एम्बुलेन्स अटो रिक्साहरूले सेवा समेत सुरु गरेका छन्।

एम्बुलेन्स अटो रिक्साहरूले बिरामीलाई घरदेखि लम्किचुहा अस्पताल सम्म पुर्‍याउने र अस्पतालदेखि घर सम्म निःशुल्क रूपमा पुर्‍याउने छन्। एम्बुलेन्स अटो रिक्सा चालकहरूको स्वास्थ्य सुरक्षाको लागि चालकलाई पिपिई सेट समेत उपलब्ध गराइएको छ। एम्बुलेन्स अटो रिक्सा सेवा लिनको लागि स्थानीयलाई ९८५११५०४४, ९८६२४८२८९८, ९८५८४२१८५६, ९८६०४३४२३५, ९८६००३०१७५ र ९८४०७२८१३० मा सम्पर्क गर्न अभियानका संयोजक खडानन्द सापकोटाले सबैमा अपिल समेत गरेका छन्।

शाहले यस अघि अस्ताई कोभिड अस्पताल (आइसोलेसन) सञ्चालनका लागि लम्की स्थित टीकापुर रोडमा रहेको आफ्नो निवास राम रोशन खाद्य भवनलाई दिने घोषणा गरी सकेका छन्। नेता शाहले गत वर्षको बर्सातको समयमा बाढी तथा डुबानका कारण प्रभावित भएका यस क्षेत्रका नागरिकलाई खाद्यान्न सहयोग, कोरोनाको पहिलो लहरको क्रममा गत वर्ष कैलाली क्षेत्र नम्बर २ अन्त्रगतका लम्किचुहा, बर्दगोरीया, जानकी, महोन्याल पालिकाका सबै स्वास्थ्य शाखा, अस्पताल, स्वास्थ्य संस्थाहरूमा सुरक्षा तथा स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका तथा एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामग्री, पिपिई सेट, मास्क, सेनीटाईजर सहयोग प्रदान गरेका थिए। क्षेत्र नम्बर २ अन्त्रगतका महिला स्वास्थ्य स्वयम सेविका र एम्बुलेन्स चालकहरूको कोरोना बिमा पनि गरेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ