arrow

डा.बाबुराम भट्टराई राति एक बजे ओलीलाई भेट्न वालुवाटार गएका हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
KPPP-1618649568.jpg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफूले ओलीलाई नभइ प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पारेका छन् ।

एमालेका एक नेताले भट्टराई आफूलाई प्रधानमन्त्री बनाइदिनुपर्‍यो भन्दै ओलीलाई भेट्न राति १ बजे बालुवाटार गएको बताएपछि भट्टराइले केपी ओलीलाई नभइ देशको प्रधानमन्त्रीलाई भेटेको बताएका हुन् ।

आइतबार विहान सामाजिक संजालमार्फत केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पारेका हुन् । डा.भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले एमाले नेताले भनेजस्तो राती १ बजे नभइ एकपटक बेलुका ५ बजे र एकपटक बेलुका ७ बजे भेट भएको स्पष्ट पारेका छन् ।

पाण्डेले भनेका छन्,‘अराजनीतिक तत्वले छर्ने भ्रममा नपर्नुहोला । मेसो पर्दा प्रधानमन्त्रीसँग भेट भइरहन्छ । बाबुरामले दुई पटक भेटेर पहल गर्नुभएको हो’ उनले भने,‘देउवाको नाममा पनि वहुमत नपुग्ने, साथै वर्तमान र पूर्वप्रम कसैको नाममा राष्ट्रिय सहमति नबन्ने भएको हुँदा एकपटक राष्ट्रिय सहमति कसरी बन्छ त्यसबारेमा अन्तिम कोशिस गरौं भन्ने मात्र हो ।’

‘पूर्वप्रम र वर्तमान प्रम वाहेकको व्यक्तिले सरकारको नेतृत्व गर्नेगरी सबै दलको सहभागितामा राष्ट्रिय सरकार बनाऔं भनेर प्रमसँग उहाँले प्रस्ताव राख्नुभएको थियो । र यो वाहेक कुनै कुरै भएको छैन्,’ पाण्डेले सामाजिक संजालमा लेखेका छन् । 

कोरोना महाविपत्ति उन्मुख देशलाई निकास दिन ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको डा.भट्टराईले बताए । एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तरवार्ताका क्रममा प्रधानमन्त्री बनाइदिनुपर्यो भन्दै भट्टराईले ओलीलाई दुई पटक राति १ बजे भेटेको बताएका थिए ।

उक्त अभिव्यक्तिमाथि प्रष्ट पार्दै डा. भट्टराईले लेखेका छन्–‘प्रमले दूतमार्फत बोलेकाले बोल्नैपर्ने भयो । महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले ब्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान र पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊॅ भनेकै हो। वहॉले नमानेपछि अरूलाई नभनेको हुॅ। अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिन्छ। सोचौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ