arrow

बुटवलमा अक्सिजन अभाव, लाचार सत्तापक्ष निरीह प्रतिपक्ष

logo
नारायण वली,
प्रकाशित २०७८ जेठ २ आइतबार
lumbini-province-hospital.jpg

रुपन्देही। जनताले नयाँ भेरियन्टको कोरोना भाइरसको चरम मार खेप्न बाध्य भएका छन्। कृत्रिम अक्सिजन ग्याँस समेत नपाएर अकालमै ज्यान गुमाउन परेको अव यो नौलो कुरा रहेन। नियति त्यस्तै भोग्न परेको छ, बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकाहरूले। जहाँ, अक्सिजन नपाउँदा धेरैको ज्यान गएको छ।

जनताले बेड नपाएर अकालमै मृत्युवरण गर्नु परेको दुःख, न सत्ता पक्षलाई चासो छ, न त विपक्षी दलहरूलाई नै। बरु केही समय अगाडि लुम्बिनी प्रदेशमा सत्ता ढलाउने र बचाउने खेल नलागेका भने होइन। यहाँ जनताको स्वास्थ्य भन्दा राजनीतिक विषयको चासो बढी भएको पाइएको छ। नागरिकले अक्सिजन नपाएको राजनीतिक दल कसैलाई पनि वास्ता छैन।

कोरोना महामारीले प्रदेशको रुपन्देही सहित अन्य जिल्लाहरूमा स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनाएको र अस्पतालहरूमा बेड र अक्सिजन समेत नभएर उपचार नपाउँदा, गम्भीर समस्या झेल्न बाध्य छन्, यहाँका नागरिक। अस्पतालको अवस्था बिरामीहरू भरिएर बस्ने ठाउँ समेत छैन।

अक्सिजनको सहारा अत्यावश्यक वनेका वेला प्रदेशका कुनै पनि राजनीतिक नेताहरू अक्सिजनको उपलब्धता बारे चिन्तित भएको देखिन्। अक्सिजन कति वेला आउला र, बाँचौला भन्ने आसमा अस्पतालमा दिन बिताउनेहरू धेरै छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम भन्छन्, हाम्रोमा भर्ना भएका तथा आउनेहरूको लागि निरन्तर स्वास्थ्य अवस्थालाई ख्याल गर्दै, अक्सिजनको खोजीमा अस्पतालका कोरोना फोकल पर्सन देखि मेडिकल सुपरिटेन्डेन्ट समेत हिँड्नु भएको छ, अथक प्रयास जारी राखेका छौँ।

उनी भन्छन्, बाहिरी कागजी रूपमा हेर्ने हो भने, अक्सिजनको अभाव नरहेको बताउँदै, तर भौतिक रूपमा उपलब्ध भने, माग अनुसार नभएको बताए। उनका अनुसार अस्पताललाई दैनिक ४ सय अक्सिजन ग्याँस आवश्यक रहेको उल्लेख गरे। अस्पतालमा अक्सिजन नपाइने भएकाले बिरामी आफैले अक्सिजन ल्याएर अस्पताल भर्ना हुँदै आएको पाइएको।

हाल सो अस्पतालमा एक सय ५० जना बिरामीहरू भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ। आइसियु बेड नभएर १५ जना बिरामीलाई भुईँमा राखेर उपचार भइरहेको बताइएको छ। यस्तै, हालसम्म अस्पतालले राखेको विवरण अनुसार आइसियुबाट २९ जना र अस्पतालको जनरल वार्डबाट ४२ जना गरी ७१ जना उपचार पछि निको भएर घर फर्केको जनाइएको छ। यी मध्ये केहीको घर गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी नवलपरासीकी कृष्णा पुन भन्छिन्, घरमा गाह्रो भएर अस्पताल आएँ, घरमा भन्दा झन् अस्पतालको अवस्था बेजोग रहेछ। सवै जना ढलेका छन्, अक्सिजनको अभाव छ, अव कसरी बाँच्ने हो, भन्ने थप चिन्ताले सताउँछ। कृष्णा जस्ता कैयनको यस्तै, सकस दिन बित्दै आएको छ।

अक्सिजनको माग अनुसार बिरामीहरूलाई पुर्‍याउन नसकेका डाक्टरहरू भन्छन्, अक्सिजन खोज्दा–खोज्दै अव आफू पनि ढल्ने जस्तो भइसक्यो, बेडमा रहेका बिरामीहरूको अवस्था हेर्दा दुख लाग्छ, यता अक्सिजन खोजेर नपाउँदा कसरी उपचार गर्न सकिन्छ भनेर चिन्ता लाग्छ। एक डाक्टरले भने। सम्बन्धित निकाय सँग अक्सिजनको हारगुहार गरिरहेका छौँ, तर पाएका छैनौँ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ