arrow

एकै दिन ६ हजार भन्दा बढीले जिते कोरोना, ७ हजार सङ्क्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा पीसीआरबाट ७ हजार ३ सय १६ र एन्टीजेनबाट ५२ जना गरी थप ७ हजार ३ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

आज काठमाडौँ उपत्यकामा मात्र भक्तपुरमा २ सय ९२, ललितपुरमा ४ सय ३६ र १ हजार ८ सय ८१ गरी २ हजार ६ सय ९ जनमा सङ्क्रमण पुष्टि भएको छ ।

आज कोभिड१९ को सङ्क्रमणबाट १ सय ४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म ७४.६ प्रतिशतले कोरोना भाइरसको सङ्क्रमण जितेका छन् ।

हाल देशभर १ लाख १० हजार २ सय ६३ सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये अस्पताल र विभिन्न ठाउँमा ७ हजार ८ सय ७ जना आइसोलेसनमा रहेका छन् । र १ लाख २ हजार ४ सय ५५ जना हामे आइसोलेसनमा रहेका छन् ।

आज १९ हजार ५ सय ३९ नमुना परीक्षण गरिएको छ र ३ सय ४४ जनाको एन्टीजेन परीक्षण गरिएको छ । हाल १ हजार ३ सय १३ जना आइसियु र ३ सय ८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ