arrow

चक्रपातको असर नेपालमा पनि, उपत्यकामा बादलका गरा, बुधबारदेखि भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
weather-cloud.jpg

काठमाडौं । पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ‘टक ताए’ को असर नेपालमा पनि परेको छ । उक्त चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा रहेसँगै काठमाडौं उपत्यकामा पनि असर परेको हो । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार अर्यालले यसको असर उपत्यकामा परिसकेको बताए । 

उनले सोमबार बिहान उपत्यकाको आकाशमा गरागरा जस्तो बादल देखिएको भन्दै यो ‘टक टाए’ को असर भएको बताए । उनले तलतल देखिएको बादल स्थानीय र माथिमाथि देखिएको गरागरा परेको बादल टक ताएको असर भएको जानकारी दिए । 

उनले बुधबारदेखि नेपालमा यसको असर राम्रैसँग पर्ने बताए । उनले उपत्यकासहित पश्चिममा भारी वर्षा हुने पनि जानकारी दिए । पूर्वतिर भने कम असर पर्ने उनको भनाई छ । पूर्वतिर न्यूनचापिय रहेको उनले जानकारी दिए । 

विभागका अनुसार सो प्रणालीका कारण मंगलबारबाट देशका धेरै स्थानहरूमा  सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको छ। साथै बुधबार बेलुकाबाट शुक्रबारसम्म कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र  बागमती प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिना–पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले यो अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन पनि अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ