arrow

आइएमइ ग्लोबल आइएमइ बैंक तस्बिर प्रतियोगिता हुने

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
imeLogo.jpg.jpeg
काठमाडौँ । नेपाली फोटो पत्रकारको छाता सङ्गठन फोटो पत्रकार क्लब नेपाल (पिजे क्लब) ले आइएमइ ग्लोबल आइएमइ बैंक नेपाल फोटो प्रतियोगिता तथा प्रदर्शनीको पाँचौँ संस्करणको घोषणा गरेको छ । 
 
‘गोरखा भूकम्प’का कारण गत वर्ष स्थगित प्रतियोगिता र प्रदर्शनीलाई यस वर्षदेखि पुनःनिरन्तरता दिन लागिएको क्लबले जनाएको छ । सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगिताका लागि आजदेखि तस्बिर दर्ता प्रक्रिया आरम्भ भएको छ । दर्ता प्रक्रिया असार मसान्तको मध्यरातमा १२ बजेसम्म रहने बताइएको छ । आगामी साउन १२ गते विजेता घोषणा गरिने क्लबले जनाएको छ । 
 
आगामी भदौ १५ गते विजेतालाई पुरस्कृत गरिने तथा सोही दिनबाट बबरमहलको नेपाल कला परिषद्मा सात विधाका १६० भन्दा बढी उत्कृष्ट तस्बिरलाई प्रदर्शनीमा राखिनेछ । क्लबको आधिकारिक वेबसाइटमा गएर दिइएको निर्देशनअनुसार तस्बिर दर्ता गर्न सकिनेछ । 
 
प्रतियोगितामा व्यावसायिक, सौखिन सबै खाले फोटोग्राफर तथा फोटो पत्रकारले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा विदेशी तथा पिजे क्लबका कार्यसमिति सदस्यले भने सहभागिता जनाउन नपाइने बताइएको छ । 
 
क्लबका अध्यक्ष विकास कार्कीले काठमाडौँमा सात दिनको तस्बिर प्रदर्शनी गरेपछि मोफसलका पाँच स्थानमा पनि प्रदर्शनी गरिने जानकारी दिनुभयो । आइएमइ र ग्लोबल आइएमइ बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा हुन लागेको प्रतियोगितामा घुमफिर संस्कृति र पर्यटन, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखाँची सिमेन्ट न्युज फोटो, शिखर इन्स्योरेन्स नेपाल स्माइल, मोडल ग्लोबल भिसा कन्सलटेन्सी स्पोटर्स र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछन् । 
 
अर्घाखाँची सिमेन्ट न्युज फोटो विधामा २०७१ सालदेखि २०७२ चैत मसान्तसम्म खिंचिएका तस्बिरले मात्रै प्रतिस्पर्धा गर्न पाउने तथा अन्य विधामा जहिलेसुकै खिंचिएका तस्बिर पठाउन सकिन आयोजकले जनाएको छ । रु पाँच लाख २० हजार कुल पुरस्कार रहेको प्रतियोगिताको मुख्य विधा ‘आइएमइ ग्लोबल आइएमइ बैंक फोटो अफ दि एयर’को विजेताले रु एक लाख पाउनेछन् । अन्य सात विधाका विजेताले जनही रु ३० हजार, उपविजेताले जनही रु २० हजार तथा तेस्रो हुनेले रु १० हजार पाउने आयोजकले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ