arrow

२४ घण्टामा नौं हजार भन्दा बढी संक्रमित थपिए, २ सय १४ जनाकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा पीसीआरबाट नौं हजार १ सय ९८ र एन्टीजेनबाट ४९ जना गरी थप ९ हजार २ सय ४७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

आज काठमाडौँ उपत्यकामा मात्र भक्तपुरमा २ सय ९८, ललितपुरमा ४ सय ५४ र काठमाडाैंमा २ हजार ३ सय ४६ गरी ३ हजार भनदा बढी संक्रमित थपिएका छन्।

आज कोभिड१९ को सङ्क्रमणबाट २ सय १४  जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हालसम्म ७४.४ प्रतिशतले कोरोना भाइरसको सङ्क्रमण जितेका छन् ।

हाल देशभर १ लाख १३ हजार ४ सय ८० सक्रिय सङ्क्रमित रहेका छन् । यीमध्ये अस्पताल र विभिन्न ठाउँमा ६ हजार ९ सय ७० जना आइसोलेसनमा रहेका छन् । र १ लाख ६ हजार ५ सय १० जना हामे आइसोलेसनमा रहेका छन् ।

पछिल्लाे २४ घण्टामा २१ हजार ६ सय ५३ नमुना पीसीआरबाट र ४ सय ३४ नमुनाकाे एन्टीजेन परीक्षण गरिएको छ । हाल एक हजार २ सय ५९ जना आइसियु र चार सय जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ