arrow

राप्रपाले उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सघाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
badal.png

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई सघाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओलीले पत्र नै लेखेर भोट मागेपछि रामबहादुर थापालाई भोट दिने निर्णय भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवार को पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखलाई निर्देशन दिइसकेको छ ।

राष्ट्रिय सभा सदस्यका लागि बाग्मती प्रदेश सभामा ६ जेठमा उपनिर्वाचन हुँदैछ। राप्रपाका चार जना मतदाता रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ