arrow

हिमालमा रहेका पर्यटकलाई सुरक्षित रहन अनुरोध

चक्रवातले पर्वतारोहण प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३ सोमबार
cyclone-fani.jpg
फाइल तस्विर।

काठमाडौं।  मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो । मौसम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आरोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ । 

विभागका निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरेकी छन् । अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरमा छन् । गत वैशाख २४ देखि सगरमाथाको व्यावसायिक आरोहण शुरु भएको थियो ।

यस मौसमी प्रणालीले आज दिनभर देशका अधिकांश भागमा बदली गरायो । मंगलबारदेखि अझ असर पर्नेछ । चक्रवातको नेपालमा प्रत्यक्ष असर नरहे पनि अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ । महाशाखाले विज्ञप्ति निकालेर यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएकाले मौसम अद्यावधिक गरिरहन सबैमा आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ