arrow

प्रधामन्त्रीको शपथ विरुद्धका चारवटै रिट प्रधानन्यायाधीशको एकल इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
supreme-court-long.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा उच्चारण गरेको ‘त्यो पर्दैन’ भनेको विषयमा परेका रिटमाथि मंगलबार(आज)सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको दैनिक पेशी सूचिमा चारवटै रिट प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको इजलाशमा सुनुवाइ हुनेभनी राखिएको छ।

बैशाख ३१ गते शपथ खुवाउने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने दोहोर्‍याउँदा प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भनेका थिए। 

उक्त उच्चारणले राष्ट्रपति र राष्ट्रपति संस्थाको मानमर्दन भएको भन्दै सर्वोच्चमा रिट परेको थियो । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले रिट दायर गरेका थिए। त्यस्तै, अधिवक्ता सन्तोष भण्डारी, राजकुमार सुवाल र नवराज अधिकारीले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

यता, शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली दुवै दोषी देखिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले धारणा राखेका छन् । उनले व्यक्तिभन्दा पनि संस्थालाई आँच पुर्याउने काम दुवैले गरेको आरोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ