arrow

भाइरस हटाउन भाइरोशिल्ड, सीजीले ल्यायो यस्तो योजना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
cg-eol-godrej.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका बेलामा भाइरस तथा अन्य किटाणुनाशक उपकरणको अत्यन्त आवश्यक रहेका बेलामा चौधरी ग्रुप सीजीले विशेष योजना ल्याएको छ। सीजीले उक्त भाइरसनाशक तथा अन्य किटाणुनाशक उपकरण ‘भाइरोशिल्ड’ अब १५ हजार ५९० रुपैयाँमा पाउन सकिने जनाएको छ। 

गोदरेजको भाइरोशिल्ड घर, अस्पताल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणुरहित बनाउन एकदम उपयुक्त मानिएको छ।

२ देखि ६ मिनेट भित्रमा भाइरोशिल्डले यूभी–सी रेमार्फत ९९ प्रतिशत भन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ। भाइरोशिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिने सीजीले जनाएको छ।

भाइरोशिल्डमा विविध सरसामग्रीहरु राख्न मिले तापनि औषधी, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने नराख्न सचेत गराइएको छ। आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक यूभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोशिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ।

सीजीले भनेको छ, ‘कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको र हामी मात्र नभई हाम्रा सरसामग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाइरोशिल्ड निकै उपयोगी ठहरिने विश्वास गरिएको छ।’

यस गोदरेज ब्रान्डलाई चौधरी ग्रुप अन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको ईओएल प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ।
विस्तृत जानकारी तथा अर्डर का लागि यहाँ लग इन गर्न सकिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ