arrow

‘अक्सिजन सिलिन्डर नेता ,सांसद र आफन्तको घरमा पुग्नु राज्यशक्तिको दुरूपयोग’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
barsaman-pun.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम पूर्वमन्त्री बर्षमान पुनले चीनबाट प्राप्त अक्सिजन सिलिन्डर सत्तारुढ दलका नेता ,सांसद र आफन्तको घरमा राखिनु वा पहुँचको आधारमा बितरण गरिएकोप्रति आपत्ति जनाएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत प्रतिक्रिया जनाउँदै पुनले सिलिन्डर सत्तारुढ दलका नेता ,सांसद रआफन्तको घरमा राखिनु वा पहुँचको आधारमा बितरण गर्नु राज्यशक्तिको दुरूपयोग एवम भ्रष्टाचार भएकाले तुरुन्त छानविनको माग राखेका छन् ।
उनले सिलिन्डर कहाँ र कसरी वितरण गरिएको हो सार्वजनिक गर्न माग गर्दै प्राथमिकता निर्धारण गरी सिलिन्डर वितरण गर्न पनि माग गरेका छन् ।

चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डरका केही थान सांसदको घरमा भेटिएको समाचार बाहिरिएपछि पुनले यस्तो माग गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ