arrow

भारतमा कोरोना महामारीको तेस्रो लहरको पूर्व तयारी, नेपालमा देउवाको अग्रिम सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
kjriwal-cabinet.JPG

काठमाडौँ । अकल्पनीय रूपमा भारत तथा नेपालमा फैलिएको कोभिड१९ महामारीको दोस्रो लहर पहिलो लहर भन्दा झन् विकराल साबित भएको छ । यस्तोमा भारतले तेस्रो लहर आउन सक्ने सम्भावना सहित पूर्व तयारी थालेको छ ।

भारत तथा नेपालमा आएको कोभिड१९ को दोस्रो लहरका कारण दजर्नौ नागरिकहरूले अक्सिजन अभाव, अस्पतालमा शय्या अभावका कारण ज्यान गुमाएका छन् ।
 
अकल्पनीय क्षति पुर्‍याएको दोस्रो लहर नेपालमा जारी रहेका छ भने भारतमा केही दिन यता घटेको सङ्केत देखिएको छ । यस्तोमा भारतको खास गरी राज्य सरकारले तेस्रो लहरका लागि पूर्व तयारी थालेको हो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले तेस्रो लहर आयो भने त्यससँग लड्नका लागि आवश्यक पूर्व तयारी सहित अधिकारीहरूको बैठक बसेको बताएका छन् । तेस्रो लहर आयो भने बालबालिकाहरूको रक्षाका लागि विशेष टास्क फोर्स बनाउँने उनले बताएका छन् ।

त्यस्तै तेस्रो लहर आयो भने पर्याप्त बेड, अक्सिजन र अत्यावश्यक औषधिहरूको पहिले भन्दा बढी व्यवस्था मिलाउने निर्णय भएको बताएका छन् ।

भारतमा मात्रै हैन, नेपालमा समेत कोभिड१९ को तेस्रो लहर आउन सक्ने भन्दा पूर्व तयारी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् ।

सभापति देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने भन्दै १२ वर्ष माथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।

कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले र बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेको भन्दै देउवाको भनाइ थियो । यद्यपि, दोस्रो लहरमै जनस्वास्थ्यप्रति गम्भीर बन्न नसकिरहेको सरकारले तेस्रो लहरका लागि सजगता अपनाउने अपेक्षा गर्न सकिने अवस्था भने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ