arrow

राष्ट्रिय सभाको उपनिर्वाचनको तयारी पुरा : बादल, देवकोटा हेटौँडामा  

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ जेठ ५ बुधबार
rastiya-shaba-elction.png

हेटौँडा ।  बिहीबार हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले जनाएको छ । हेटौँडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी स्कुलमा बिहीबार बिहान ९ देखि ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी सकिएको निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जानकारी दिए ।

No description available.

सम्पूर्ण स्वास्थ्य मापदण्डको पालन गरी निर्वाचन गराउने निर्वाचन कार्यालयले जनाएको छ। निर्वाचनका लागि मुख्य बुथ २ वटा र एउटा विशेष बुथ गरी ३ निर्वाचन केन्द्र बनाइने बताइएको छ । जसमा एउटा बुथ सांसदको लागि, एउटा मेयर–उपमेयर र गाउँपालिका प्रमुख, उप–प्रमुखको लागि र एउटा कोरोना सङ्क्रमण पुष्टि भएका मतदाताका लागि छुट्टाइएको छ । 

सङ्क्रमित मतदाता र अन्य मतदाताहरूका लागि छुट्टाछुट्टै गेटबाट मतदान स्थलमा प्रवेश गर्ने र बाहिरिने व्यवस्था मिलाइएको छ । मतदानमा सहभागी हुन आउनेले पूर्ण रूपमा सामाजिक दुरी कायम गरी बस्नुपर्ने नियम बनाइएको छ भने मतदान गर्न जाँदा मोबाइल वा क्यामरा लिएर जान नपाइने जनाइएको छ ।

 कसैले जवर्जस्ती मोबाइल लागे मतदान अधिकृतले हस्तक्षेप गर्न पाउने अधिकार दिइएको निर्वाचन अधिकृत श्रेष्ठ उनले बताए । मतदाताको लागि कोरोनाको रिपोर्ट भने अनिवार्य गरिएको छैन । निर्वाचनमा पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर सुरक्षित रूपमा मतदान सक्ने गरी तयारी गरेको निर्वाचन अधिकृतको कार्यालय बागमती प्रदेशले जनाएको छ ।त्यस्तै नेपाली सेनाले मतदान गर्न आउनेलाई होल्ड गराउन स्कुलको चौरमा होल्डीग सेन्टर बनाएको छ ।निर्वाचनका लागि तिनै जना उम्मेदवार हेटौँडा आइसकेका छन् ।

No description available.

बिहीबार हुने उपनिर्वाचनका लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल, नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङ हेटौँडा आइसकेका छन् ।निर्वाचनमा बागमती प्रदेशसभाका १ सय ९ जना सदस्य र प्रदेशका १ सय १९ स्थानीय तहका २ सय ३८ जना अध्यक्ष र उपाध्यक्ष गरी कुल ३ सय ४७ जनाले मतदान गर्नेछन् ।      

No description available.                  
                   
प्रधानमन्त्रीले संविधानको उल्लङ्घन गरे 
बिहीबार को निर्वाचनबारे जानकारी गराउन मतदान स्थलमा पत्रकार सम्मेलन गरिएको थियो। त्यहाँ उपस्थित कहिले प्रधानमन्त्रीले संविधान उल्लङ्घन गरेको बताए ।निर्वाचन अधिकृतले निर्वाचनका बारे जानकारी गराइरहेका बेला धादिङ नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुङ्गानाले निर्वाचन आचारसंहिता उलङ्घन गरेकाले कारबाही गर्नुपर्ने माग राखे । 

No description available.

निर्वाचनको अघिल्लो दिन प्रधानमन्त्रीले निर्वाचन आचार संहिता विपरीत गैर कानुनी काम प्रधानमन्त्रीले गरेको उनको भनाइ छ ।उता निर्वाचन अधिकृत दिल्ली रत्न श्रेष्ठले भने त्यस्तो भएको छ भने औपचारिक रूपमा जानकारी गराउन आग्रह गरेका छन् । त्यसो गरेको पाइएमा आफूले सम्बन्धित ठाउँमा जानकारी गराउने बताए ।

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको अघिल्लो दिन बुधवार दिउसो पार्टीका उम्मेदवार रामबहादुर थापा ‘बादल’ लाई जिताउन पार्टीका मतदातालाई अपिल गरेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ