arrow

उपचारकै क्रममा ब्याडमिन्टन सङ्घका श्रेष्ठको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
dead2.jpg

नवलपुर । कोरोना संक्रमणका कारण नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय सदस्य महेन्द्र श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणबाट स्वास्थ्यमा गम्भीर समस्य आएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको थियो ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का श्रेष्ठको कोरोनाका कारण मङ्गलबार राति अस्पतालमा मृत्यु भएको उनका दाजु संविधानसभा सदस्य जीवन श्रेष्ठले जानकारी दिए । 

श्वासप्रश्वासमा समस्या देखिएपछि भरतपुरको चितवन मेडिकल कलेजमा भेन्टिलेटरको सहायतामा उपचारकै क्रममा उनको मृत्यु भएको दाजु श्रेष्ठले बताए ।  श्रेष्ठ ब्याडमिन्टन संघ नवलपरासीका पूर्व अध्यक्ष एवं निर्माण व्यवसायीसमेत थिए।
        
कोरोना संक्रमणका कारण हालसम्म नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा ५८ जनाको मृत्यु भइसकेको छ । हाल जिल्लामा एक हजार ९७ जना सक्रिय कोरोना संक्रमित रहेका स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिए । 

चापागाईकाअनुसार पछिल्लो २४ घण्टामा १०७ जना कोरोना संक्रमित थपिदा ९७ जना निको भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ