arrow

काँग्रेसले बिहीवार प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
kp-oli-sher-deuba.gif
फाइल तस्बिर

काठमाडौं। नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै महामारी नियन्त्रणमा सरकार गम्भीर बन्न नसकेकोमा ध्यानाकर्षण गराउने भएको छ। नेपाली काँग्रेसको कोभिड१९ अनुगमन समितिको समन्वयमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा भोलि (बिहीवार) प्रधानमन्त्रीलाई भेटेरै कोरोना महामारीबाट देशमा विकराल परिस्थिति सिर्जना भएको अवस्थामा पनि सरकारले महामारीको उपचार र व्यवस्थापनमा ध्यान नदिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएको हो।

दिनहुँ २ सयको हाराहारीमा नागरिकको ज्यान गइरहेको, हरेक दिन ८ हजारभन्दा बढी सङ्क्रमितहरू थपिएको अवस्थामा पनि जनतालाई स्वास्थ्य सुविधा दिन तथा आवश्यक अक्सिजन तथा अस्पतालका शय्या समेत उपलब्ध गराउने सामान्य र आधारभूत काम नै गर्न नसकेको भन्दै सरकारलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराउन लागेको काँग्रेसको कोभिड१९ समितिका संयोजक एवं नेपाली काँग्रेसका सह महामन्त्री डा.प्रकाश शरण महतले जानकारी दिए।

सहमहामन्त्री डा.महतले भोलि बिहान ९ बजे प्रधानमन्त्री ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम तय भएको छ। सभापति देउवाको नेतृत्वमा पार्टीका पदाधिकारी र नेताहरूका साथै उक्त कोभिड समितिका सदस्यहरू पनि प्रधानमन्त्री कार्यालय जाने भएका हुन्।

सो समितिका संयोजक डा.महतको पहलमा सो समितिले केही दिनयतादेखि देशका सबै प्रदेशका पार्टी प्रतिनिधि लगायत नागरिकहरू एवं समाजका सबै क्षेत्रका नागरिकहरूसँग देशका विभिन्न भागमा कोभिड१९ ले पारेको प्रभाव र त्यसको व्यवस्थापनमा सरकारको उपस्थितिका विषयमा भर्चुअल अन्तरक्रिया गरेको थियो। 

सो अन्तरक्रियामा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलका साथै पदाधिकारी र सो समितिका सदस्यहरूको सहभागिता थियो। त्यस क्रममा देशैभरका नागरिक महामारीको चपेटामा परेकाले अहिलेको अवस्थामा पनि सरकारले उपस्थिति जनाउन नसकेको भन्दै सरकारको कार्यशैलीप्रति व्यापक मात्रामा गुनासो गरेका थिए। 

साथै यसअघि पनि उक्त समितिले प्रदेशहरूमा पुगेर पनि कोरोनाको कहर र यसबाट जनतामा परेको प्रभावका बारेमा पनि अन्तरक्रिया गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ